नेपालको विकासमा भारतले गरिरहेको योगदानको कदर गर्नुपर्छ : वक्ताहरु

वीरगन्ज,२फागुन : राष्ट्रिय एकता अभियानले वीरगन्ज र झापामा एकैदिन ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । दुई देश बीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतिक सम्बन्धका बारेमा जानकारी आदानप्रदान गर्ने उदेश्यले अभियानले विचार गोष्ठी आयोजना गरेको हो ।

वीरगन्जमा राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यता र श्याम तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक देवेन्द्र मिश्र, समाजसेवी महेश अग्रवाल, सुरेन्द्रनाथ तिवारी,डाक्टर अजय यादव , सचितानन्द सिंह, समाजिक अभियन्ता ओमप्रकाश सर्राफ लगायतले आ आफ्नो धारणा राख्दै भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।

यस्तै झापामा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयमा अभियानका जिल्ला अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेती, विश्व हिन्दु परिषदका अध्यक्ष होमनाथ ढुंगेल, अभिायनकी कोषाध्यक्ष तारा राजवंशी, पुनम कुमारी मुखिया, गणेश सिंह, दिपेन्द्र यादव, दयानन्द गोश्वामी लगायतको सहभागिता थियो ।

कार्यक्रमका वक्ताहरुले नेपालको संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो बनाउन सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

The post नेपालको विकासमा भारतले गरिरहेको योगदानको कदर गर्नुपर्छ : वक्ताहरु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?