विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित

२२ माघ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालय अगाडि सडक अवरुद्ध गरि केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।

लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षका माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताएका छन् ।

एसईई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको उनीहरुको गुनासो छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?