सबैया वन व्यवस्थापन समितिका लागि वीरगन्ज १० बाट प्रतिनिधि चयन

मधेसखबर
वीरगन्ज ,२५माघ: सबैया साझेदारी वन व्यवस्थापन समितिका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा वडा प्रतिनिधिहरु चयन गरिएको छ।

बुधबार सम्पन्न वडावासीकाे भेलाले सबैया साझेदारी वन व्यवस्थापनको समितिको वडा प्रतिनिधिमा दिपक साह कानु ,राजिव सरार्फ ,सन्तोष साह कानु ,अजय गुप्ता , विकास गुप्ता,सन्तोष कुमारी खतिवडा र जय देवीलाई सर्वसम्मत चयन गरेकाे हाे ।

वीरगन्ज १० का वडाध्यक्ष सुशील साह कानुकाे अध्यक्षता तथा सबैया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष लखनलाल साह कानुकाे विशेष उपस्थितिमा सम्पन्न भेलामा डिभिजन वन कार्यालयका प्रतिनिधी, वडाका समाजसेवी ,अगुवा, युवा, महिला लगायतको सहभागीता थियाे ।

The post सबैया वन व्यवस्थापन समितिका लागि वीरगन्ज १० बाट प्रतिनिधि चयन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?