ठाकुरराम क्याम्पसमा नेविसंघको सदस्यता वितरण

मधेसखबर
वीरगन्ज,२९माघ : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विधार्थी संघले सदस्यता वितरण गरेको छ ।नेविसंघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवाल र अशोक विष्टको उपस्थितिमा क्याम्पसका १ हजार विधार्थीहरुलाई नेविसंघको सदस्यता वितरण गरिएको हो ।

सदस्यता वितरण कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय प्रतिनिधि सेजुवालले पर्सामा नेवि संघका कार्यकर्ताहरुको सक्रियता राम्रो रहेको बताउदै नेविसंघको महाधिवेशनका तयारीमा आफुहरु लागि परेको जानकारी दिए ।अर्र्का केन्द्रिय प्रतिनिधि अशोक विष्टले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समय अनुकुल बनाएर मस्यौदा तयार भइरहेको बताए ।

सदस्यता वितरण कार्यक्रममा नेविसंघका नेताहरु राहुल गुप्ता , धर्मराज यादव,फिरोज अन्सारी,युसुफ अहमद लगायतको पनि उपस्थिती थियो ।

 

The post ठाकुरराम क्याम्पसमा नेविसंघको सदस्यता वितरण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?