आत्मदाहकाे प्रयास गरेका आचार्यकाे मृत्युु

काठमाडौं ,११ माघ : शरिरमा आगाे लगाएरर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. किरण नकर्मीले जानकारी दिए।

इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो काठमाडौंकाे नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आगाे लगाइ आत्मदाह गर्ने प्रयास गरेका थिए।

प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।साभार:अन्नपूर्ण पाेष्ट

The post आत्मदाहकाे प्रयास गरेका आचार्यकाे मृत्युु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?