६३ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा यादवले गरे दाबी पेश

जनकपुरधाम – जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले ६३ सांसदको बहुमतसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्।

बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदको सहयोगमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादी केन्द्र ७, लोकतान्त्रिक समाजवादी ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र ५ जना स्वतन्त्र सांसद छन्।

माओवादी केन्द्रका दुई समानुपातिक सिटको सम्बन्धमा सर्वोच्चमा मुद्दा रहेकाले अहिले दुई पदमा निर्वाचित घोषणा गरिएको छैन।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?