बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु

२२ पुस, वीरगञ्ज । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका वडा नं.५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं.५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् । वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम छ ।

बहुदरमाई नगरपालिका वडा नं.४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भ¥याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि पठाएका थिए । घाइते मध्ये राजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए । ‘सेट भइसक्यो भनेर तलपट्टीबाट सेटिङ खोलेका रहेछन्’, उनले भने, ‘तर अचानक खस्दा किचेछ ।’


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?