लोसपा मधेश प्रदेश संसदीय दलको नेता चुनिए शर्मा

२७ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।

संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?