गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो ।

गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए ।

तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

पुरस्कृत पत्रकार महेश दास हाल एभीन्यूज टेलिभिजनको मधेस प्रमुख, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार, नेकपा एमाले वीरगञ्ज महानगरपालिकाको उपाध्यक्ष लगायतका पदमा छन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?