ग्राहकलाई छुट दिन वीरगन्जको यूनिक केक र भिडोल लुब्रीकेन्ट बिच सम्झौता

मधेसखबर
वीरगन्ज, १४ माघ : वीरगन्ज स्थित यूनिक केक एण्ड बेकर्स र भीडोल लुब्रिकेन्टले ग्राहकलाई विशेष छुट दिन कस्टमर एक्सेन्ज कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

छोटै समयमा आफ्नो गुणस्तर र स्वादले वीरगन्जका उपभोक्ताको मन जित्न सफल यूनिक केक एण्ड बेकर्सका ग्राहक र अन्तराष्ट्रियस्तरमै आफ्नो गुणस्तरका लागि पहिचान स्थापित गर्न सफल भिडोल लुब्रिकेन्टका ग्राहकले कस्टमर एक्सेन्ज कार्यक्रम मार्फत एक अर्कासँग सामग्री खरिद गर्दा विशेष छुट पाउने भएका हुन् ।

वीरगन्जमा सम्भवत पहिलो प्रयास अन्तर्गत सुरु गरिएको कस्टमर एक्सेन्ज कार्यक्रम सञ्चालनका लागि भिडोल लुब्रीकेन्ट र यूनिक केक विच शनिबार एक कार्यक्रममा सम्झौता भएको हो ।

सम्झौता अनुसार भिडोल लुब्रेकेन्टको लागि पर्साको आधिकारिक विक्रेता रोयल इन्टरप्राइजेजबाट मोबिल लगायतका लुब्रेकेन्ट खरिद गर्ने ग्राहकले यूनिक केक एण्ड बेकर्समा उपलब्ध प्रत्येक बेकरी आइटममा १० प्रतिशत रकम छुट पाउने भएका छन् । त्यसैगरी यूनिक केक एण्ड बेकर्सबाट केक खरिद गर्ने ग्राहकले भिडोलको कुनैपनि मोबिल र लुब्रिकेन्ट खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

रोयल इन्टरप्राइजेज र यूनिक केकले ग्राहकलाई छुटको लागि एउटा कुपन उपलब्ध गराउने छन् । छुट प्राप्त गर्न ग्राहकले रोयल इन्टरप्राइजेजमा र यूनिक केकमा उक्त कुपन देखाउनु पर्ने रोयल इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विकास ठाकुरले जानकारी दिए ।

The post ग्राहकलाई छुट दिन वीरगन्जको यूनिक केक र भिडोल लुब्रीकेन्ट बिच सम्झौता appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?