सर्लाहीमा रुखबाट लडेर एक जनाको मृत्यु

३ माघ, वीरगञ्ज  सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर  स्याङबाको मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजे  रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान गरेको छ ।

शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र अन्य अनुसन्धानका कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?