एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार

फाइल फोटो

काठमाडौ,०२माघः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि संघीय सरकारमा सहभागी हुने भएको छ ।२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।

लोसपाका एक नेता भन्छन्, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’ प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।साभारः अनलाइनखबर

The post एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?