जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।

रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् ।

जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?