किशन शर्मा
बारा १३ माघ / चोरीको समान सहित कलैया उपमहानगरपालिका
वडा न ३ को वडा अध्यक्ष मोहन साह कानुलाइ प्रहरीले
पक्राउ गरेकाछन । विहिबार राति कलैया बजारमा रहेको
डि के इन्टरप्राइजेजमा चोरले सिसि कैमरालाई फुटाइ पसलको ताला तोडेर पसल भित्र रहेका समनाहरु चोरेर भागेका थिए । पसल धनिलाइ चोरिको थाह पाउन बितिकै
प्रहरीलाई जानकारी गराएकाथियो । प्रहरीले चोरको खोज तलाश गर्दै जान्दा चोरलाइ प्रहरीले पक्राउ गरे । चोरसंग
सोधपुछको क्रममा चोरले चोरीको समानहरु वडा अध्यक्ष कानुसंग बेचेको बयानको अधारमा प्रहरीले वडा अध्यक्ष कानुलाइ नियन्त्रणमा लिइ विभिन्न किसिमको चोरीका चुरोट अ दुई लाख पचास हजार बराबरको समान बरामद गरिएकोछ ।
पसलबाट के कतिको समान चोरी भएको र चोरीमा को को संगलन छ त्योसको अनुसन्धान भइरहेको छ ।
