पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण

मधेसखबर
वीरगन्न्ज,१०माघ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया शीवबर्वामामा मङगलबार निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको समन्वयमा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटी र वीरगन्ज सामुदायिक आँखा केन्द्रको आायोजनामा भएको शिविरमा १८२ जनाको आँखा परिक्षण गरिएको छ । ती मध्ये ७२ जनाको आँखामा मोतिया बिन्दूको समस्या देखिएको र उनिहरुको यहि माघ १४ गते निशुल्क शल्यकृया गरिने लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले बताइन् । मोतिया बिन्दू भएकाहरुको शल्यकृया वीरगन्ज सामुदायिक आँखा केन्द्रमै गरिने केन्द्रका महेश सिंह धामीले जानकारी दिए ।

मङगलबारको शिविरमा वडाध्यक्ष नौशाद आलम, लायन्स कलब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुन, गुड्डी जोशी, विजय कुश्वाहा, क्लबकी कोषाध्यक्ष सुशिला साह, डा. लक्ष्मी थापा, महेश सिंह धामी, लोसपा नेता निजामुदनि समानी ,क्लबका सदस्य लगायतको पनि सहभागीता थियो।

The post पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?