राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते

काठमाडौं ,१६ माघ :निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार हुनेगरी आज साेमबार मिति तोकेको हो। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिकाे निर्वाचन चैत्र ३ गते ताेकिएकाे जानकारी दिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।

The post राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?