वीरगंज महानगर वडा न.३० मा अति विपन्नलाई कम्बल वितरण

मधेसखबर
पुष २१ गते , विहीबार : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३० मा कम्बल वितरण गरीएको छ ।

वडा नम्बर ३० का अति विपन्न , गर्भवती र सुत्केरी महिला , एकल महिला , अपांगता भएकाहरुलाई बढ्दै गएको चिसोबाट बच्न कम्बल वितरण गरीएको हो ।

संजयसाई सेवा अर्गनाईजेशन नेपालले उतm वडाका ४० जना अतिप विपन्न परिवारलाई कम्बm वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताएका छन् ।

कम्बल वितरण गर्ने कार्यक्रममा संस्थाकी संयोजक लक्ष्मी पोखरेल, वडा अध्यक्ष जीतेन्द्र यादव , सदस्य रेखा कार्की, पर्सा श्रीमति चिकित्सक संघको सदस्य अंजली गुप्ता, पिया सिंह लगायत स्थानीय जनप्रतिनिधि,सदस्य तथा संमाजसेवीहरुको सहभागिता रहेको थियो ।

यसका साथै कार्यक्रममा कार्यक्रमको सहजीकरण स्थानीय बुद्धिजीबी बालेश्वर प्रसाद गौरो , मोहन प्रसाद गौरो ,स्थानीय प्रहरी लगायत भद्रभलादमीको उपस्थिति रहेको थियो ।

 

The post वीरगंज महानगर वडा न.३० मा अति विपन्नलाई कम्बल वितरण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?