अत्यधिक चीसो बढेपछि कलैयाका विद्यालय आजदेखि बन्द

बारा, १९ पुस । तराई मधेसमा अत्यधिक चीसो बढेपछि धमाधम विद्यालयहरु बन्द हुन थालेका छन् । पुस १९ गते देखि कलैया उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
चीसो बढेपछि पठनपाठनमा असहज भएकोले नगर शिक्षा समितिको बैठकले कलैया उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत ४ दिनको लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवालले जानकारी दिएका छन् । उनले पुस २२ शुक्रवारसम्म विद्यालय बन्द हुने, शनिवार बिदा रहेकोले आइतवारदेखि मात्र विद्यालय सुचारु हुने जनाएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?