मधेश प्रदेशमा कांग्रेसबाट जंगिलाल यादव सभामुखको उम्मेदवार

३० पुस, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए ।

मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ ।

सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?