अत्यधिक चिसो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा

१८ पुस, वीरगञ्ज । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।

पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।

उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको कारण पठनपाठनमा कठिनाई भएको हुँदा मंगलबारदेखि शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।

 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?