बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

मधेसखबर
वीरगन्ज,०२माघः बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्ता स्थित गण्डक नहरको थलही पुलमा आइतबार राति तीन जना सवार ना२६प २२९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा बाराकै सिम्रौनगढ नगरपालिका १ बैरियाका २२ वर्षिय ताहिद अन्सारी र २३ वर्षिय कासिम अन्सारीको मृत्यु भएको हो ।दुर्घटनामा बैरियाकै २२ वर्षिय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

माघे संक्रान्तिको मेला हेरेर घर फर्किदै गरेका उनिहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुल मुनि खसेको थियो ।
घाइते गुड्डुले खबर गरेपछि खोजतलाशका क्रममा मृतक दुवै जनाको शव सोमबार बिहान थलही खोलामा फेला परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

The post बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?