मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

वीरगन्ज ,०३ माघ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् ।

 

मङ्गलबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले मुख्यमन्त्री यादवले भोलि बुधबार विश्वासको मत लिने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुखका लागि सत्ता साझेदार दलहरुको तर्फबाट एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी कांग्रेसका जंगीलाल राय उम्मेदवार छन् ।

The post मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?