बहुअरीमा श्रेष्ठ र सोनललाई २०५ किलोको मालाले स्वागत

मधेसखबर
वीरगन्ज,१७ मंसिर : बारा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई परवानीपुर गाँउपालिका वडा नम्बर ४ बहुअरीमा स्थानीयले २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं गाँउमा स्वागत गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद गर्ने क्रममा शनिबार बहुअरी गाँउमा पुगेका श्रेष्ठ र सोनललाई स्थानीयले २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं स्वागत गरेका हुन् ।श्रेष्ठ र सोनलको जितमा खुशी हुदै स्थानीयले दुवै जनालाई २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं स्वागत गरेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सत्तागठबन्धनबाट श्रेष्ठ बारा ४ को प्रतिनिधिसभा सदस्य र सोनल , बारा ४ (ख)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

The post बहुअरीमा श्रेष्ठ र सोनललाई २०५ किलोको मालाले स्वागत appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?