मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

वीरगन्ज,२९ मंसिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराइमधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे । तथ्याङ्क अनुसार आज बिहीबार विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।साभारः अनलाइनखबर

The post मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?