गाँजा मुद्दामा फरार रहेका चौधरी पक्राउ

वीरगंज, १४ पुस । गाँजा मुद्दामा सजाय र जरिवाना तोकेपछि फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा सखुवापरसौनी गापा–२ निवासी बृजलाल चौधरी रहेको इप्रका पटेर्वासुगौलीले जनाएको छ । २०५८ सालमा गांजा मुद्दामा चोधरीलाई दुई वर्ष ११ महीना कैद र १५ हजार जरिवाना पर्सा जिल्ला अदालतले तोकेको थियो । उनलाई आज बिहान खेतबाट पक्राउ गरिएको इप्रका पटेर्वासुगौलीका प्रनि किशोर आचार्यले जनाएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?