वीरगन्जबाट सम्पर्क विहिन भएका व्यपारी अग्रवाल भारतमा मृत भेटिए

मधेसखबर
वीरगन्ज ,२५ मंसिर :वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माइस्थानका एक व्यपारी भारतमा मृत फेला परेका छन् ।

माइस्थान घर भएका ५० वर्षिय सुनिल कुमार अग्रवाल भारत बिहारकाे पुर्वी चम्पारणकाे छाैडादानाे स्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् ।

वीरगन्जकाे घण्टाघर नजिकै रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान घरबाट मर्निङ वाकमा निस्किएका थिए ।सधै मर्निङ वाक सकेर बिहानै ८ बजे घर फर्किने गरेका थिए । तर आइतबार बिहान मर्निङ वाकमा निस्किएका अग्रवाल दिउँसो सम्म पनि घर नफर्किए पछि परिवारका सदस्यले सबैतिर खाेजी गरेपनि उनकाे अवस्था बारे पत्ता लागेकाे थिएन।

आइतबार साँझ अचानक भारतिय प्रहरीले वीरगन्ज स्थित नेपाल प्रहरीलाई खबर गरि अग्रवाल छाैडादानाे रेल्वे क्षेत्रमा मृत फेला परेकाे जानकारी गराएकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

गिरिले वीरगन्ज नाकामा जडान गरिएकाे सिसिटिभि क्यामेराकाे फुटेजमा अग्रवाल बिहान ६ बजेतिर एक्लै पैदल भारत तर्फ गएकाे देखिएकाे बताए ।

गिरिका अनुसार, अग्रवालकाे मृत्युको कारण खुलिसकेकाे छैन । शवको बिहारकै मोतिहारीमा पोष्टमार्टम गरि आवश्यक प्रक्रिया पूरा गरेर शव वीरगन्ज ल्याउने तयारी भइरहेको गिरिले बताए। घटनाको भारतीय प्रहरीले पनि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए।

The post वीरगन्जबाट सम्पर्क विहिन भएका व्यपारी अग्रवाल भारतमा मृत भेटिए appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?