राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश

काठमाडौं ,१० पुस: : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरिएको छ।

नेकपा एमालेसहित दलहरुका शीर्षनेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो।

 

बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले ,माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको बताए।

उनले प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको बताए। सरकार गठन गर्न १३८ सांसद भए बहुमत पुग्छ।

प्रचण्डको नेतृत्वमा एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो।

राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्‍याएका हुन्।साभार:अन्नपूर्ण पाेष्ट

The post राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?