ब्राजिललाई पाखा लगाउदै क्राेएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज ,२३ मंसिर : पाँच पटककाे विश्व विजेता ब्राजिललाई पाखा लगाउदै क्राेएसिया, विश्वकप फुटबल २०२२ काे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

शुक्रबार राति सम्पन्न क्वाटरफाइनल खेलमा साविक उपविजेता क्राेएसियाले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गाेल अन्तरले पाखा लगाउदै अन्तिम चारमा स्थान पक्का गरेकाे हाे ।

निर्धारित ९० मिनेटकाे खेल गाेल रहित बराबरीमा सकिएपछि थप गरिएकाे ३० मिनेटकाे खेल पनि १-१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेकाे थियाे ।

सेमिफाइनलमा अब क्राेएसियाले फाइनल प्रवेशका लागि शुक्रबार राति नै हुने अर्जेन्टिना र नेदरल्यान्ड बिचकाे खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

The post ब्राजिललाई पाखा लगाउदै क्राेएसिया विश्वकप फुटबलको सेमिफाइनलमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?