शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लिल भिडियो देखाएपछि…

७ पुस, जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लिल भिडियो देखाएको घटना सार्वजनिक भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो ।

दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लिल भिडियो विद्यार्थीलाई देखाइरहेको क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरेका छन् ।

मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् ।

शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेको थियो । उनलाई राजनीतिक दबाव र प्रलोभनमा छोडेको स्थानीयबासिन्दाको आरोप छ ।

प्रहरीले भने आरोपको खण्डन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाई पक्राउ गर्न नसकेको तर्क गरे ।

‘हिजो त्यहाँको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई दृष्टिगत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनलाई छाडियो’ डीएसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।

अश्लिल भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै स्थानीबासिन्दाले प्रदर्शन गरेपछि बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी व्यापक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।

अश्लिल भिडियो देखाउने शिक्षक यादवलाई के गर्ने विषयम सर्वपक्षीय बैठक चलिरहेक वाइसीएलका धनुषा जिल्ला इञ्चार्ज समेत रहेका स्थानीय सरोज यादवले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?