सुन ताेलाको मूल्य एक लाख नजिक

वीरगन्ज , १८ मंसिर :बिहीबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छपावाल सुनको प्रतितोला मूल्य ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

The post सुन ताेलाको मूल्य एक लाख नजिक appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?