सांसद यादवले भाेजपुरी भाषामा शपथ लिएपछि भारतीय नेता र कलाकारद्वारा प्रशंसा

मधेसखबर
वीरगन्ज , १० पुष : भारतका बहुचर्चित कलाकार एवं भारतीय जनता पार्टीका नेता मनोज तिवारीले भाेजपुरी भाषामा शपथ लिएका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवको प्रशंसा गरेका छन् ।

भारतका लोकसभा सदस्य (सांसद) एवं भारतीय जनता पार्टीका प्रभावशाली नेता समेत रहेका तिवारीले शुक्रवार एक ट्विीट गर्दै यादवको प्रशंसा गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले भोजपुरी संस्कृति झल्किने भेषभुषा पहिरिएर आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिएपछि यादवको चौतर्फी चर्चा चुलिएको हो । भोजपुरी भाषाका प्रसिद्ध गायक समेत रहेका तिवारीले यादवको तारिफ गर्दै ट्विट गरेका हुन् ।

उनले ट्विटरमा भोजपुरीमा लेखेका छन्, ‘नेपालको संसदमा प्रदीप यादव जीले भोजपुरी भाषामा शपथ लिनुभएको खबरले मन अत्यन्तै हर्षित भएको छ । छिटै हाम्रो सपनालाई सार्थकतामा बदल्न निरन्तर प्रयास जारी छ ।’

भोजपुरी भाषा र संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै जगेर्ना गर्नुपर्नेमा जोड दिँदै हिन्दी तथा भोजपुरी भाषी चलचित्र समेतमा काम गरेर सफल अभिनेताको समेत पहिचान बनाएका तिवारीले यादवको सह्राना गरेका छन् ।

यसअघि भोजपुरी अभिनेता एवम् सुप्रसिद्ध गायक खेसारीलाल यादवले पनि प्रदीप यादवको प्रसंशा गरेका थिए । पर्सा जिल्लाबाट भोजपुरी भाषामा शपथ ग्रहण गर्ने सांसद् यादव एकल सांसद् हुन् । उनीसँगै जसपाका अर्का सांसद् रामसहाय यादवले पनि भोजपुरी भाषामै शपथ ग्रहण गरेका थिए ।

The post सांसद यादवले भाेजपुरी भाषामा शपथ लिएपछि भारतीय नेता र कलाकारद्वारा प्रशंसा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?