स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार खत्रीलाई

२० मंसिर, सर्लाही । गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्जन खत्रीलाई प्रदान गरिएको छ ।

लालबन्दीको पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा खत्रीलाई सम्मान–पत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरिएको हो ।

उनलाई महासंघकी केन्द्रीय सदस्य रिंकुकुमारी मिश्र, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतका अतिथिले पुरस्कार हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले सर्लाहीमा क्रियाशील रुपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डोर्‍याउन योगदान गर्नुभएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको बताए ।

पूर्व पत्रकार तथा मधेशका पूर्व प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले २०७६ सालमा ५१ हजार रुपैयाँको सहयोग गरी यो पत्रकारिता पुरस्कारका लागि कोष स्थापना गरेका थिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?