महाेत्तरी ४ मा जसपाका सुरेन्द्रलाई हराउदै काँग्रेसका महेन्द्र विजयी

मधेसखबर
वीरगन्ज ,१० मंसिर : नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र कुमार राय, महोत्तरी क्षेत्र नंवर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्र कुमार यादवलाई ४ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार काँग्रेसका रायले २५ हजार ४२० मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका जसपाका यादवले २१ हजार २९६ मत ल्याएका छन् । राय र यादव बीचको मतान्तर चार हजार १ सय २४ रहेको छ ।

त्यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत प्राप्त गरेका छन् ।

The post महाेत्तरी ४ मा जसपाका सुरेन्द्रलाई हराउदै काँग्रेसका महेन्द्र विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?