एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

मधेसखबर
वीरगन्ज ,१३ मंसिर : काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तीर्थ लामा विजयी भएका छन्। तीर्थ लामाले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामालाई मात्र ३ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालय पनौतीका अनुसार नेपाली कांग्रेसका लामाले १९ हजार २ सय ८० मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।

उनी नेपाली कांग्रेसका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार हुन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामाले १९ हजार  २ सय ७७ मत प्राप्त गरेका छन्। अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट अहिले पराजित भएका चन्द्र लामा नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनी बागमती प्रदेशको कृषि तथा पशु पन्छी विकास मन्त्रालयका मन्त्री समेत भएका थिए। साभार : अन्नपूर्ण पाेष्ट

The post एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?