पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,१४ मंसिर : पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ८ रामनगरीका ४५ वर्षिय तपसी साह कानु रहेका छन् ।

मङगलबार राति सखुवा प्रसौनी गाउँपालिका ५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवनतर्फ आउँदै गरेको अल्फावेट नखुलेको २८५८ नम्बरको ट्याक्टरले ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका कानुलाई ठक्कर दिदाँ उनको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

The post पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?