मधेस प्रदेशमा समानुपातिक तर्फ काँग्रेस पहिलाे स्थानमा

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : मधेस प्रदेशमा प्रत्यक्ष तर्फ दाेश्राे स्थानमा रहेकाे नेपाली काँग्रेस समानुपातिक तर्फ भने पहिलो स्थानमा छ। समानुपातिक तर्फ प्रदेशभाकाे १६ लाख ९६ हजार १०१ मतगणना हुँदा काँग्रेस ३ लाख ३५ हजार ७७२ मतका साथ पहिलो स्थानमा रहेकाे हाे।

प्रत्यक्षमा पहिलाे रहेकाे नेकपा एमाले समानुपातिक तर्फ भने  ३ लाख १७९ मत प्राप्त गरी दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको जसपाले २ लाख ३९ हजार ९०३ मत पाएको छ।यसैगरी, चौथो स्थानमा रहेको जनमत पार्टीले २ लाख ३५ हजार ७८६, पाँचाै स्थानकाे नेकपा माओवादी केन्द्रले १ लाख ५३ हजार ५६८, छैटाैँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादीको ९६ हजार ६८६ मत रहेकाे छ।

यस्तै, लोसपाले ८४ हजार ८५७, राप्रपाले ५६ हजार ७८५, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ४८ मत ल्याएकाे छ।

The post मधेस प्रदेशमा समानुपातिक तर्फ काँग्रेस पहिलाे स्थानमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?