असोज १९ बिरगंज / बिरगंजको नगवामा रहेको बौद्धी माइको मेला शान्तिपूर्ण सम्पन्न भएकोछ । नौवमीको दिन लाग्ने मेला शान्तिपूर्ण सम्पन्न भएकोछ ।मेलामा हरेक बर्ष झै यसपालि पनि हजारौको सख्यामा दर्शनार्थी भिडभाड थियो । विभिन्न किसिमका खेलतमासाको आयोजना गरिएकोथियो । इलाका प्रहरी कार्यालय नगवाको वरिष्ठ सइ गोरख ब शाहीको कमान्डमा रहेको टोली र बौद्धीमाइ मेला समितीको स्वयंसेवकहरुको सहजीकरणमा मेला आउने दर्शनार्थीहरु सहजरुप बौद्धी
माताको दर्शन गर्न र मेला घुमन पाएका थिए ।मेलामा राम्रो ब्यवस्थापन रहेको एक दर्शनार्थी बताए । पानी परेको कारणले गर्दा कुस्ती हुन सकेन । पहलवानहरु फर्केकाथिए ।बौद्धीमाइ मेला समितीको अध्यक्ष रामाधार चौरसिया " उपाध्यक्ष अशोक पटेल सचिव रबिन्द्र श्रीवास्तव लगाएको समिति गठन गरिएकोथियो ।
