बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

मधेसखबर
वीरगन्ज ,२२ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मियाँलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

लाेसपाले सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेपछि टिकट नपाउने भएपछि मियाँ एमाले प्रवेश गरेका हुन् ।गठबन्धनबाट बारा ४ मा नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ उम्मेदवार बन्ने निश्चित जस्तै छ।

मियाँलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।

The post बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?