जसपा एमालेसंग गएपछि सत्ता गठबन्धनको बैठकमा लोसपाको इन्ट्री

मधेसखबर

वीरगन्ज , २१ असोज : सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपा बाहिरिएपछि सत्तारुढ गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।

 

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।

लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा लोसपाका नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनल लगायतका नेताहरू सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा सहभागी छन् ।साभारः कान्तिपुर

 

 

The post जसपा एमालेसंग गएपछि सत्ता गठबन्धनको बैठकमा लोसपाको इन्ट्री appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?