अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

मधेसखबर
वीरगन्ज,११ असोज : पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ सुपौलीको दलित वस्तीका बालबालिकाका लागि सन्चालित निःशुल्क टियुसन कक्षा केन्द्रको लागि अमेरीकामा बस्दै आएका नेपाली दम्पतिले घर बनाइ दिएका छन् ।

अमेरीकामा बस्दै आएका धर्मेन्द्र तिम्सिना क्षितिज र उनकी पत्नि टीका तिम्सिनाले दलित बाालिकाले पढ्ने निशुल्क ट्युसन कक्षाका लागि घर बनाइ दिएका हुन् ।
तिम्सिना दम्पतिले १ लाख २५ हजार रुपैयाको लागतमा उक्त घर निर्माण गरिएको पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए ।

स्थानीय समाजसेवी रामचन्द्र राम र उनकी पत्नि देवपती देवीले ५ वर्षको लागि निशुल्क उपलब्ध गराएको जग्गामा निर्माण गरिएको उक्त घरको मङगलबार उद्घाटन पनि गरिएको छ ।निशुल्क टियुसन कक्षा केन्द्र सन्चालनका लागि निर्मित घरको उद्घाटन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले गरेकी हुन् ।

पिस फोर दलित फाउन्डेसन नेपालले पर्सा जिल्लाको ग्रामीण भेगका दलितवस्तीमा विधालयको पहुच बहिर रहेका बालबालिकाका लागि निशुल्क ट्युसन कक्षा सन्चालन गर्दै आएको छ । सुपौलीको दलित वस्तीमा सन्चालित निशुल्क ट्युसन कक्षामा १५० जना दलित बालबालिका अध्ययनरत छन् । उनिहरुका लागि १ जना स्वयंसेवक शिक्षक राखिएको रामले जानकारी दिए ।

रामका अनुसार, निशुल्क ट्युसन कक्षा केन्द्रको लागि घर नहुदा दलित बालबालिकाहरु खुल्ला आकाश मुनि भुइमै बोरा र चकटी ओछ्याएर पढ्दै आएका थिए । जसका कारण अत्याधिक जाडो , घाम लागेको वा पानी परेका बेला ट्युसन कक्षा नै बन्द गर्नु पर्ने बाध्यता थियो ।

तर अब केन्द्र सन्चालनका लागि कच्ची नै भएपनि घर निर्माण भएपछि प्रतिकुल मौसममा पनि ट्युसन कक्षा सन्चालन गर्न सकिने र यसले बालबालिकालाइ पठनपाठनमा धेरै सहज हुने रामलले बताए ।

मङगलबारको उद्घाटन कार्यक्रममा तिम्सिना दम्पति , जग्गा उपलब्ध गराउने राम दम्पति , उनीहरुका छोरा रामचन्द्र राम ,दिपेन्द्र राम, पारमानन्द राम, सन्जोग राम, सुरेन्द्र पासवान , अशोक राम, शिव राम लगायतलाइ प्रशंसापत्रले सम्मानित पनि गरिएको छ ।

पिस फोर दलित फाउन्डेसन नेपालका अध्यक्ष रामका अनुसार , गरिबीका कारण पर्सा जिल्लामा करिब १ हजार भन्दा बढि दलित बालबालिका विधालय शिक्षाको पहुच बाहिर छन् । विधालयमा भर्ना भएका कतिपय दलित बालबालिका विद्यालयमा निरन्तरता पनि छैन ।
तीनै बालबालिकालाइ लक्षित गरि फाउण्डेशनले जिल्लाका विभिन्न पालिकाका दलित वस्तीमा निशुल्क टियुसन कक्षा केन्द्र संचालन गरिरहेको रामले बताए । विभिन्न सहयोगी दाताहरुसंग सहयोग लिएर यो अभियान संचालन गरिएको पनि उनले बताए ।

The post अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?