आमाको हत्‍या आरोपमा छोरा पक्राउ

३१ भदौ, धनुषा ।  आमाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्‍ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

उनले  मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्‍य ज्‍यान) मा म्‍या थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?