निचुटाकाे विधालयमा ४१५ जना विधार्थीलाई छात्रवृत्ति वितरण

प्रमोद यादव
पर्सा,०८ असोज: पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा रहेमाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएकाे छ ।

विधालयमै एक कार्यक्रम गरि कक्षा १ देखि ८ सम्मका छात्र छात्राहरुलाइ छात्रवृत्ति वितरण गरिएकाे हाे ।कार्यक्रममा ४ सय १५ जना छात्र छात्राहरुलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक श्याम घिमिरेले जानकारी दिए।

छात्रवृत्ति वितरण कार्यक्रममा वडा अध्यक्ष विपिन मुखिया ,गाउँपालिकाको शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साहका साथै अभिभावकहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

The post निचुटाकाे विधालयमा ४१५ जना विधार्थीलाई छात्रवृत्ति वितरण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?