न्यूजखोजतलास संवाददाता
बारा, २८ भदौ ।
बारा र विश्रामपुर गाउँँपालिकाको कार्यालयमा श्री ने रा मा बि मुसहर्वाको विद्यार्थीद्वारा बिरोध प्रदर्सन गरेकाछन । सोमवार बिहान ११ बजेको समयमा गाउँँपालिकाको कार्यालय भित्र पसी नारा बाजि गर्नुको साथै हो– हल्ला मच्चाएको थियो । विद्यार्थीको आडमा गैर विद्यार्थीले गाउँँपालिकाको कम्पाउन्डमा रहेका अघिकृतको गाडी र झ्याल र डोजरमा ढुङा प्रहार गरेर सिसा फुटाएकाछन ।
गाउँँपालिकाको कार्यालयको मुल गेटमा ताल्चा लगाएपछी प्रहरी र कर्मचारी मिलि ताल्चा फुटाएर स्तिथीलाई नियन्त्रणगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी को बाक्लो उपस्तिथि रहेकोथियो। गैर विद्यार्थी को ढुङा प्रहार बाट एक जना सशस्त्र प्रहरी को जवान र तीन जना कर्मचारी घाइते भएकाछन । बिरोधको कारण शिक्षक नियुक्ति वारे रहेको बुझिएकोछ