मधेसखबर
वीरगन्ज ,०३ असाेज: वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबाेध गुप्ता , प्रबल जनसेवा श्री पदकबाट विभूषित हुने भएका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर गुप्तालाई प्रबल जनसेवा श्री पदकबाट विभूषित गर्ने घाेषणा गरेकी हुन् ।देशकाे अर्थतन्त्र उद्योग व्यवसायका माध्यमले याेगदान पुर्याएकाे भन्दै नेपाल सरकारकाे ३१ भदाैमा बसेकाे मन्त्रीपरिषद बैठककाे निर्णय अनुसार उक्त पदक डाक्टर गुप्तालाई प्रदान गर्न लागिएकाे हाे ।डाक्टर गुप्ता हालै उच्च अदालत अस्थायी इजलाश वीरगन्जकाे न्याय क्षेत्र समन्वय समितकाे सदस्यमा मनाेनित भएका छन् ।
उक्त पदकबाट वीरगन्जकै उद्योगी अशाेक वैद्य, जितेन्द्र प्रसाद कलवार र वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डाक्टर अबुल हैयस अन्सारी पनि विभूषित हुने भएका छन् ।
संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
The post प्रबल जनसेवा श्री पदकबाट डाक्टर सुबाेध गुप्ता पनि विभूषित हुने appeared first on Madhes Khabar.