सेना परिचालन गर्न राष्ट्रपति भण्डारीद्वारा स्वीकृति

फाइल फाेटाे

मधेसखबरवीरगन्ज ,०९ असाेज:राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रपति कार्यालयले आइतबार सूचना जारी गर्दै मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएको जनाएको छ ।

सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा समितिको बैठकले राष्ट्रपति भण्डारीसँग स्वीकृति मागेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पत्र लेखेका थिए ।

चुनावमा चारैवटा सुरक्षा अंग परिचालन हुँदैछन् ।

The post सेना परिचालन गर्न राष्ट्रपति भण्डारीद्वारा स्वीकृति appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?