बाल विवाह तथा बालश्रम न्यूनीकरण गर्न घरदैलो कार्यक्रम गरियो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बाल विवाह तथा बालश्रम न्यूनीकरण सम्बन्धी घरदैलो कार्यक्रम गरिएको छ । बिहीबार वडा नं. १ किसनपुरमा अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्ल्ड एजुकेशन, वर्ल्ड भिजन तथा चन्द्रनगर गाउँपालिकाको समन्वयमा समावेशी शिक्षा सुदृढीकरण (सिकाई) परियोजना मार्फत बाल विवाह तथा बालश्रम न्यूनीकरण सम्बन्धी घरदैलो कार्यक्रम गरिएको हो ।

समुदाय परिवर्तन समूह, चन्द्रनगर गाउँपालिका वडा नं. १को नेतृत्वमा बाल विवाह, बालश्रम न्यूनीकरण, अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच तथा सेवा सम्बन्धी अन्तरक्रिया समेत गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका सिकाई परिचालक राजनारायण साहले जानकारी दिनुभयो ।

वडा नं. १ वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, जन्ता प्रा.वि.का व्यवस्थापन समिति अध्यक्ष फेकु महतो, पूर्व अध्यक्ष ईन्दल राय, जन्ता प्रा.वि.का छात्र छात्रा, तथा समुदाय परिवर्तन समूहका सदस्यहरूको उपस्थितिमा बाल विवाह बन्द गर, बालश्रम बन्द गर, छोराछोरीहरूलाई विद्यालय पठाऊँ लगायतको विभिन्न नारा लगाउँदै घरदैलो कार्यक्रम गरिएको समुदाय परिवर्तन समूहका पूर्व सदस्य रंजिता यादवले बताउनुभयो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?