वीरगन्जमा बालुवा बोकेको ट्याक्टरले किचिएर पाँच वर्षिय बालकको मृत्यु

सांके्तिक फोटो

प्रमोद यादव
पर्सा,०७ असोज : वीरगन्ज महानगरपालिका वडा नम्बर २१ तजपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।ट्याक्टरबाट खसेर त्यहि ट्याक्टरले किचिएर ताजपुरकै सन्जय पासवानका ५ वर्षिय छोरा सुशील पासवानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार , वीरगन्ज २१ ताजपुर स्थित सडकमा बालुवा बोकेर जाँदै गरेको ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार ५ वर्षिय बालक शुक्रबार बिहान साढे ९ बजे तिर ट्याक्टरवाट सडकमा खसेको र त्यहि ट्याक्टरको चक्काले किचिएर गम्भिर घाइते भएका थिए । घाईते बालकलाई उपचारको लागि तत्कालै नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उघm ट्याक्टर नियन्त्रणमा लिइएको र चालक सुनील यादव भने घटनास्थलबाट फरार रहेको हुँदा उनको खोजतलास भईरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

 

The post वीरगन्जमा बालुवा बोकेको ट्याक्टरले किचिएर पाँच वर्षिय बालकको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?