डेंगु रोग असोज कात्तिकसम्म सर्ने

वीरगंज । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको यतिखेर देशैभर महामारी फैलिएको छ । सरुवा रोग महाशाखाले आगामी असोज–कात्तिकसम्म डेंगु रोगको महामारी रहने अनुमान गरेका छन् ।
नेपालको पहाड र तराई मधेसमा लामखुट्टेको अति लाग्दछ । विभिन्न थरिका लामखुट्टेमध्ये डेंगु रोग सार्ने लामखुट्टेमध्ये डेंगु रोग सार्ने लामखुट्टे बेग्लै हुन्छ । डेंगु रोग लागेपछि अति ज्वरो आउ"छ, ज्यान समेत जान सक्दछ । लामखुट्टेबाट बच्न घरघरमा लामखुट्टे (मच्छर)लाई मार्ने क्वाइल धूप बाल्ने लिक्विड स्प्रे छर्ने रझुल कस्ने गरिन्छ । वर्षात् महीनामा डेंगु रोगको जोखिम बढी रहन्छ । लामखुट्टेले रोग सार्ने जताततै रहने र्गछ । पानी जम्ने ठाउ"मा लामखुट्टेले लार्भा जन्माउ"छ । लार्भा बढेर सात आठ दिनमै लामखुट्टे बनेर टोक्न थाल्छ । केही दिनदेखि देशका विभिन्न स्थानमा डेंगु रोगले महामारीको रुप लिइरहेको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?