८२ हजार नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

बारा, ९ असोज । बारा प्रहरीले नक्कली नेपाली रूपैंयाको  नोटसहित एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने  जगदेव महतो नुनिया रहेका छन् । 
विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नुनियाको घरमा सुत्ने कोठामा रहेको बाँसको मचानमाथि रहेको ओच्छयान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट बरामद गरेको हो । 
प्रहरीले उनको घरबाट नेपाली रू एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 
बरामद नक्कली नोटसहित नुनियालाई नियन्त्रणमा लिई  अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?