No title

वीरगंज, ४ असोज । 
सशस्त्र प्रहरी बल, नेपालले भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ । सोमवार वीरगंज भन्सार रोडबाट सशस्त्रको टोलीले भारतीय नम्बरको स्कार्पियो बरामद गरेको हो । चालक सशस्त्र प्रहरीलाई देखेपछि फरार भएका छन् । 
एक दिनको लागि गौर भन्सार कार्यालय रौतहटबाट राजश्व तिरी प्रज्ञापनपत्र बनाई नेपाल प्रवेश गरेको सो स्कार्पियो ६५ दिनसम्म अबैध रूपमा नेपालमा गुडेको पाइएकोले कारबाहीको लागि वीरगंज भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद स्कार्पियो पैतिस लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?